खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मृ’त अवस्थामा युवतीको ला’स फेला पर्‍यो !


 संवाददाता   April 15, 2020   410 जनाले पढ़िसके




वैशाख ३, २०७७
खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुकी १८ वर्षीय अस्मिता तामाङ मृत फेला परेकी छन् । तामाङको शव घरभन्दा करिब दुई सय मिटर टाढा झुण्डिएको अवस्थामा बुधबार बिहान फेला परेको हो । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरी निरीक्षक आमोद कुमार खेरवारले बताए ।
यसबारेमा अनुसन्धान भइरहेको खेरवारले जनाए । युवतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिँएको खेरवारले जानकारी गराउनु भयो ।