खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चट्याङ लागेर ७ वर्षीया बालिकाको ज्या’न गयो, ५ घाइते !


 संवाददाता   April 15, 2020   581 जनाले पढ़िसके




बैशाख ३ २०७७
दार्चुला

दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलवार राती चट्याङ लागेर मृत्यु भएको हो ।खातीको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार खातीको घरमा मंगलवार राती साढे ८ बजेतिर चट्याङ परेको हो । चट्याङ लागेर खातीकी श्रीमती सिता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् ।

चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको प्रहरी निरीक्षक जोशी बताए ।त्यस्तै उता कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित एक रूखमा ठूलै चट्याङ परेको छ । मंगलबार अपरान्ह हावाहुरी सँगै पुनर्वासकाे एक रुखमा चट्याङ पर्दा आगलागी भएर दनदनी जलेकाे पुनर्वास प्रहरीले जनाएको छ ।स्थानीय प्रत्यक्षदर्शीले भने, ‘आकाश गड्गडाउँदा खेतबारीमा रहेको हल्दुकाे रुखमा माथिबाट चम्किलो वस्तु खसेकाे दृश्य देखियाे । लगत्तै रुखमा त त दनदनी आगलागी भयाे ।’रुखमा आगलागी हुन थालेपछि पुनर्वास नगरपालिकाकाे दमकलकाे सहायताले आगाे नियन्त्रणमा लिइएकाे स्थानीयले बताए ।स्रोत सिधाकुरा बाट