खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भुटानी शरणार्थी क्याम्पमा, कन्चनजङा दैबिक प्रकोप समितिले राहत उपलब्ध !


 संवाददाता   April 15, 2020   1363 जनाले पढ़िसके




बैशाख ३ २०७७
पथरी । कोरोनाको आतंक विश्वमा नै बढिरहे पछी नेपाल सरकारले पनि लकडाउनको समय बैशाख १५ सम्म लम्बाएको छ । यो अवस्थामा न्युन आर्थिक अवस्था भएको जनताहरुलाई जीवन धान्न कठिन भएको छ । यो सँगै नेपालमा बिगत सत्ताइस बर्ष देखी बस्दै आएका भुटानी शरणार्थीहरुलाई अहिले अझ समस्या भएको छ ।
राहतको अत्यन्त आवश्यकता भएको मोरङको पथरीशनिश्चरे भुटानी शरणार्थी क्याम्पमा कन्चनजङा दैबिक प्रकोप समितिले अती बिपन्न एक सय आठ घरलाई राहत उपलब्ध गराएका छन ।
एकद्वार प्रणाली अन्तर्गत समानवय गर्दै क्याम्प ब्यवस्थापन समिती मार्फत भएको राहत बितरणमा दुई जना भन्दा सानो परिवारलाई सात केजी चामल , एक लिटर तेल , एक केजी दाल , एक केजी नुन र एक डल्ला साबुन र ठुलो परिवारलाई दश केजी चामल ,एक लिटर तेल , एक केजी दाल , एक केजी नुन र एक डल्ला साबुन प्रदान गरिएको छ । यस अघी देखी नै सेनिटाइजर , मार्क्स , ग्लभस लगायतका सामाग्री यस समितिले बितरण गर्दै आएको छ ।

सोही अवसरमा मदन पोख्रेलको स्वर्गिय पिता हरी प्रशाद पोख्रेलको १५ औ पुण्य तिथिको अवसरमा क्याम्प ब्यवस्थापन समितिलाई ३ क्विन्टल नुन उपलब्ध गराउनु भएको थियो । करिब रु एक लाख बराबरको राहत बितरण गर्न पथरीशनिश्चरे जिरिखिम्तिका स्थानिय जनताहरु र समितिको सदस्यहरुबाट संकलन गरिएको सोही स्थानका बासिन्दा वडा सदस्य अनोज घिमिरेले जानकारी गराउनु भयो ।