खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



कोरो’नाबाट एक नेपाली भाषी भूटानिको अमेरिकामा मृ’त्यु !


 संवाददाता   April 15, 2020   498 जनाले पढ़िसके




 

बैशाख ३ २०७७
एक नेपाली भाषी भूटानी कोरोना भाइरस संक्रमणबाट अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा मृत्यु भएको छ।

सो परिवारका अन्य सदस्यहरु समेत संक्रमित भएको बताइएको छ।
नेपालमा करिव २ दशक लामो शरणार्थी जीवन बिताएपछि स्वर्गीय वृद्धाको परिवार अमेरिका पुनस्र्थापित भएको थियो। अमेरिकामा पुर्नस्थापित करिब ९० हजार भुटानी मध्ये कोरोना संक्रमणवाट मर्ने उनी पहिलो महिला हुन्।

यसअघि नै पांच जना नेपाली नागरिकको न्यूयोर्कमा निधन भइसकेको छ तर भुटानी समुदायवाट कसैको पनि निधन भएको थिएन। भुटानी समुदायमा अहिले थुप्रै मानिसहरुलाई कोरोना संक्रमण भएको छ।