खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बेलबारी जेसिजले आयोजना गरेको राष्ट्रब्यापी अनलाइन बक्तृत्वकलामा पथरी जेसिजकी एलिना प्रथम !


 संवाददाता   April 14, 2020   1756 जनाले पढ़िसके




पथरिशनिस्चरे
बैशाख ३ २०७७
बेलबारी जेसीजले आयोजना गरेको राष्ट्रब्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा पथरी जेसीजकी सुचना सम्योजक एलिना दियाली प्रथम भएकी छिन् । कोराना भाइरसले देश आकान्त बनेर लकडाउनमा भएको अवस्थामा समयको उचित सदुपयोग गर्दै नेपाल जेसीजले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत मंगलबार बेलबारी जेसीजले देशव्यापी बक्तृत्वकला प्रतियोगिता गरेको हो । कोरोना भाइरस नियन्त्रणमा युवाहरुको भूमिका विषयक प्रतियोगितामा देशभरबाट २० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।१९ जना प्रतियोगिलाई पछि पार्दै उनी प्रथम भएकी हुन् ।प्रथम भए संगै उनले नगद ५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरेकी छ्न।प्रतियोगितामा कोहोलपुर जेसीजकी कृतिका आचार्य दोस्रो भइन् । उनले नगद ३ हजार प्राप्त गरिन भने चक्रघट्टी जेसीजका प्रेम बस्नेत तेस्रो भएका थिए । उनले नगद २ हजार प्राप्त गरेका थिए । विजेताको नगद पुरस्कार उनीहरुको व्यक्तिगत खातामा पठाइने शाखाका महासचिव भुवन कार्कीले बताए । साथै प्रथम हुनेलाई भलबाडी महाधिवेशनमा ट्रफी प्रदान गरिने समेत बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले बताए ।