खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



भारतमा लक’डाउन वैशाख २१ गतेसम्म लम्बिने भो, प्रधानमन्त्री मोदीले गरे घोषणा !


 संवाददाता   April 14, 2020   302 जनाले पढ़िसके




बैशाख २ २०७७

नयाँ दिल्ली
कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले वैशाख २१ गते अर्थात मे ३ तारिखसम्म थप गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् देशका अन्य भागमा कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर आगामी हप्ता, एप्रील २० तारिखसम्म, भने केही कडा उपायहरू अपनाइनेछन्।
“भाइरसका नयाँ हटस्पटहरू देखा परे भने त्यसले भारतकालागि थप समस्या खडा गर्छ। त्यसैले आगामी एकहप्ताका लागि हामीले एकदमै कडा हुनु परेको छ,” उनले भने।
एकहप्ताको कडिकडाउपछि भने नयाँ हटस्पट अर्थात एकैस्थानमा धेरै सङ्क्रमण देखा नपरेका क्षेत्रमा लकडाउनका प्रावधान केही खुकुलो पार्न सकिने उनले बताएका छन्।
मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र एप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए।
देशवासीको नाममा सम्बोधन गर्दै सरकारले लकडाउनको सम्बन्धमा बुधवार विस्तृत निर्देशिका जारी गर्ने पनि मोदीले बताएका छन्।
दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम हुने
कोरोनाभाइरसका कारण भारतीय चलचित्र उद्योग बलिउड ठप्प
मोदीले के भने?
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकारले गरेको निर्णयहरूले भारतमा कोरोनाभाइरसको प्रकोप कम गर्न मद्दत गरेको दाबी गरे।
उनले भने: “केही समय अगाडि भारतकै जस्तो अवस्थामा रहेका देशहरूको अवस्था खराव भएको छ भने भारत सम्हालिएको अवस्थामा छ। समयमा छिटो फैसला नलिएको भए भारतको अवस्था के हुन्थ्यो भन्ने सम्झँदा पनि डर लाग्छ।”
“भारतलाई सामजिक दूरी र लकडाउनले ठूलो फाइदा गरेको छ।”
उनले भारतले प्रभावित देशबाट आउने पर्यटकहरूको परीक्षण र १४ दिने क्वारन्टीनको निर्णय समयमै गरेको पनि बताए।
भारतले मार्च २४ देखि लकडाउन गरेको हो। बुधवारसम्म भारतमा १०,४५३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र ३५८ जनाको मृत्यु भइरसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ!
बिबिसी नेपाल