खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



फेरी को’रोनाबाट अमेरिकाको ज्याक्सनहाइटमा बस्ने एक नेपालीको मृ’त्यु !


 संवाददाता   April 11, 2020   312 जनाले पढ़िसके




April 11 2020,

न्युयोर्क ,को’रोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ बर्षका राजकुमार थापाको नि’धन भएको छ । गत मार्च १९ मा उनलाई को’रोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ से’न्ट्रल ब्रो’क्स अस्पतालमा ट्रान्सफर गरिएका उनको नि’धन भएको ए’ल्महस्र्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको छ । डा’यरेक्टरको कार्यालयका अधिकारीले थापाको मृ’त्यु भएको जानकारी मेरिल्याण्ड राज्यको संसदका डेलिगेट ह्यारी भण्डारीलाई दिएका हुन् ।
उनको मृ’त्यु हिजो नै भएको श्रोतले जानकारी दिएको छ ।उनलाई गत मार्च १४ बाट अस्पतालमा भ’र्ना गरिएको थियो । उनी हिडेर अस्पताल पुगेका थिए । मार्च १७ सम्म उनले परिवारका सदस्यहरु र आफन्तहरुसँग फोनमा कुरा गर्दै आएका थिए । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मार्च १९ मा कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले न’शाबाट दिने सेन्टरलाइन औ’षधी चलाउनका अ’नुमति मागेको थियो । त्यसपछि परिवारले उक्त औ’षधी चलाउन अनुमति दिएका थिए ।उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि को’रोनाको त्रासका कारण मार्चको सुरुदेखि नै उबर चलाउन छाडेका थिए । शिधाकुरा बाट