खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कोरो’ना बाट ज्यान गुमाउनेको नाममा डोल्पामा भयो भब्य, शान्ति पूजा !


 संवाददाता   April 10, 2020   844 जनाले पढ़िसके




काठमाडौं, चीनबाट सुरू भएर विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट ज्यान गुमानाएका संसारभरका नागरिकको आत्मा शान्तिका लागि नेपालको डोल्पामा वृहत पूजा गरिएको छ। डोल्पा बैजीबाराका खेम्पा निमा कुन्क्यापले सदरमुकाम दुनैस्थित बोन स्कुलमा पूजाको आयोजना गरेका हुन्। जोतिष शास्त्रमा भारतको सोल्यानबाट पिएचडी गरेका खेम्पोले मृत आत्माको शान्तिको कामना, विश्वभर फैलदै गएको कोरोनाको अन्त्य र कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै २ साता लामो पूजा गरेका हुन्।

‘विश्वमा महामारीका रूपमा फैलदै गएको कोरोनाको अन्त्य, मृतकको आत्माको चिर शान्तिको कामना र कोरोना संकरमितको स्वास्थ्यको लाभको कमना गर्दै मैलै यो पूजा गरेको हुँ’, खेम्पोले बिएल नेपाली सेवासँग भने। दुई साता लामो पूजा निकै महत्वपूर्ण पूजा भएको भन्दै उनले भने, ‘विश्वमा आईपरेको आपतलाई रोकथाम गर्न हामी सबैले मिलेर प्रयास गर्नुपर्छ। आफूले जुन क्षेत्रमा काम गरिन्छ त्यहीँबाट सहयोग गर्ने हो।’ सिधाकुरा बाट