खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कोरो’नाको हालसम्मकै उच्च नयाँ संक्रमित साउदीमा !


 संवाददाता   April 9, 2020   411 जनाले पढ़िसके




Thursday, April 9, 2020
विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना भाइरसबाट साउदी अरेबियामा बिहीबार ३५५ जना थपिएका छन् । आज थपिएका संक्रमित संख्या हालसम्मकै उच्च हो । यसअघि २०६ जनासम्म संक्रमित एकदिनमा भेटिएका थिए ।
साउदी अरेबियामा हालसम्म कुल संक्रमित ३ हजार २ सय ८७ जना पुगेका छन् । यहाँ १५ घन्टादेखि २४ घन्टासम्म कर्फ्यु जारी छ । झन्डै एक दर्जन प्रान्तमा २४ घन्टा र बाँकी प्रान्तमा १५ घन्टा कर्फ्यु आदेश जारी छन् ।
कोरोनाबाट साउदी अरेबियामा हालसम्म ६ सय ६६ जना संक्रमितहरुको सफल उपचार गरि घर फर्काएको साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्दुलालीले जानकारी दिए । डा. अब्दुलालीका अनुसार साउदीमा मृत्यु हुनेको संख्या ४४ पुगेका छन् । ‘ संक्रमित संख्या खाडी क्षेत्रमा सबैभन्दा बढी साउदीमा देखिएको छ,’प्रवक्ता अब्दुलालीले भने, ‘ मन्त्रालयले क्वारेन्टाइनमा रहेकाहरुको नियमित चेकजाँच गरिएको छ ।’
उनका अनुसार कोरोनाको संकेत देखिएमा मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा तुरुन्त फोन गर्नसक्ने छन् ।प्रवक्ता डा. अब्दुलालीले ‘We are all responsible’ नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न आग्रह गरे ।
बिहीबार रियादबाट ८३, मक्का ७८, जेद्दा ४५, मदिना ८९, कतिफ १०, ताबुक २६, तैफ, याम्बु र दिर्यह ४-४, जना अल खर्ज, (Unayzah ) उनाजा र हफुफमा २-२ जना र अहाद राफिदह, बिशा, नजरान, बाहा, अल कब्र, खमिस मुशैथमा १-१ जना संक्रमित जना भेटिएका छन् ।
त्यसैगरी कर्फ्यु पालना वा उल्लंघनसम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक सञ्जालमा नराख्न साउदीका लागि नेपाली राजदूत प्राडा. महेन्द्रसिंह प्रसाद राजपुतले आग्रह गरे । ‘ यहाँका सरकारले सुरक्षाका लागि जारी गरिएको मापदण्डलाई पालना गर्नुहोस्,’ अन्यथा १० हजार रियाल जरिवना र २० दिन जेल सजाय भोग्नुपर्छ ।’ उनले भने । उनका अनुसार कोरोना संक्रमित ३ जना नेपाली उपचार पश्चात् कम्पनीमा फर्किएका र एकजना उपचाररत छन् ।
सम्बन्धित समाचार
साउदीमा ३ नेपालीको सफल उपचार, कोरोना संक्रमित २ हजार ९३२
साउदीको झन्डै एक दर्जन शहरमा कर्फ्यु लम्बियो
साउदीमा ४ नेपाली कोरोना संक्रमित
साउदीमा कोरोनाबाट २९ जनाको मृत्यु, संक्रमित संख्या २१ सय नाघ्यो
साउदीमा कर्फ्यु थपियो
साउदीमा कोरोना नयाँ संक्रमित दैनिक सयभन्दा बढी, १६ को मृत्यु
साउदीमा कोरोना संक्रमित १५ सय नाघ्यो, १० जनाको मृत्यु
साउदीमा कोरोना हजार नाघ्यो, कर्फ्यु उल्लंघन गर्नेलाई १० हजार रियल जरिवाना
साउदीमा कोरोना नयाँ संक्रमित २०५ भेटिए, १ को मृत्यु
कोरोना भाइरस: साउदी अरेबियामा पनि कर्फ्यु घोषणा
साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक
साउदीद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, कोरोना संक्रमित ८६पुग्यो
साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक
साउदीमा कोरोना: उच्च सतर्कता अपनाउन दूतावासको अपिल !
सैलुङ अनलाइन बाट