खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



एनएमबि बैंकको उदाहरणीय काम , प्रदेश १ सरकारलाई १ सय थान पिपिई सहयोग


 संवाददाता   April 9, 2020   557 जनाले पढ़िसके




 

विराटनगर चैत २८

प्रदेश १ सरकारलाई एनएमबि बैंकले पीपीई उपलब्ध गराएको छ ।
विश्वभर कोरोना भाइरस (कोभिड(१९) महामारीको रुपमा फैलिएपछि संक्रमित तथा आशंकित ब्यक्तिको उपचारमा खटने स्वास्थ्य कर्मिको लागि एनएमबी बैंकले प्रदेश १ सरकारलाई एक सय थान पीपीई हस्तान्तरण गरेको हो ।

सबैभन्दा बढी आवश्यकता रहेको पिपिई एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेलेसहितको टोलीले आर्ज मुख्य मन्त्रि कार्यालय, बिराटनगरमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष मुख्यमन्त्री शेरधन राईलाइ गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको हो । एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एक सय थान गुणस्तरीय पीपीई, जुत्ता, मास्क, सेनिटाइजर सहितको एक सय सेट रहेको छ ।

बैङ्का प्रदेश प्रमुख उत्सव घिमिरेले वितरण कार्यक्रममा बोल्दै “यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि सरिक रहेको बताए । एनएमबि बैंकले यस अघिनै नेपाल सरकारको कोभिड–१९ रोकथाम कोषमा रु. १ करोड ५१ लाख रुपैया सहयोग गरिसकेको छ , भने कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय र व्यक्तिलाई सहयोग पुयाउने उद्देश्यका साथ बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।