खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रदेश न. १ ले को’रोना संक्रमित बि’रामीको उपचारका क्रममा मृ’त्यु भए परिवारलाई ५० लाख दिने निर्णय !


 संवाददाता   April 7, 2020   1163 जनाले पढ़िसके




विराटनगर । को’रोना भाइरसबाट संक्रमित भएका बि’रामीको उपचारका क्रममा मृत्यु भए परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घो’षणा गरिएको छ ।प्रदेश १ को मन्त्रिपरिषद्‌ बै’ठकले संक्रमितको उपचार र रेखदेखमा ख’टिने स्वास्थ्य कर्मी र कर्मचारी लगायतको मृ’त्यु भए उनीहरूको परिवारलाई सो रकम प्रदान गर्ने निर्णय गरेको हो। यस्तो सहयोग को’रोना भाइरसको नियन्त्रण, रो’कथाम, संक्रमितको उपचारजस्ता काममा सक्रिय रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहका कर्मचारी वा यस्तो काममा लाग्नेको मृ’त्यु भए तिनका परिवारलाई दिइनेछ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा का’नुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार को’रोना रोकथाम, उपचारमा संलग्नहरूको सु’रक्षाको प्र’त्याभूति गर्न सरकारले यो नि’र्णय गरेको हो। को’रोना भाइरस नियन्त्रण, रो’कथाम र उपचारमा प्रदेश सरकार वा मातहत निकायले परिचालन गरेका स्वास्थ्य ज’नशक्तिलाई नेपाल सरकारले निर्धारण गरेअनुसार दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता दिने निर्णय पनि भएको कार्कीले बताएका छन् । सिधाकुरा बाट