खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



राष्ट्रिय युबा संघ नेपाल पथरिशनिस्चरे द्वारा रक्तदान कार्यक्रम, ६३ पिन्ट रगत संकलन !


 संवाददाता   April 7, 2020   794 जनाले पढ़िसके




पथरिशनिस्चरे,
लकडाउनको कारण रगत अभाव भएको बेला नेकपा सम्बद्द युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको पथरी शनिश्चरे नगर समितिले रक्तदान कार्यक्रम गरेको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा आज भएको कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको संघको जिल्ला सदस्य मनि लिम्बूले बताए ।
कार्यक्रममा संघको केन्द्रीय सदस्य बिजय डागी, जिल्ला सदस्य मनि लिम्बू, नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीनजंङ कार्की, पथरी उध्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेत लगायतले रगत दिएका थिए । कार्यक्रमको अन्तमा सामाजिक ब्यक्तित्व युवराज बास्कोटाले आयोजक सस्था र नेतृत्वलाई धन्यवाद दिएका थिए ।
कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लामो समयदेखि लकडाउन भएपछि रगत अभाव भएको छ । उक्त अभाव पुर्ती गर्न सहयोग पुर्‍याउने उदेश्यले संघले रक्तदान कार्यक्रम गरेको हो ।