खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्री ओली भन्नुहुन्छ, २ साता अझै चुनैतिपूर्ण हुने, लक’डाउन नै को’रोना बिरुद्धको हतियार हो !


 संवाददाता   April 7, 2020   352 जनाले पढ़िसके




काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा रहेको जनाउँदै आउने दुई साता अझै चुनौतीपूर्ण हुने बताउनुभएको छ ।‘मानव जातिले यस्तो महारमारीको सामना गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘पटकपट लड्नु, धुलो टकटकाउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वाभाव हो । यस विषेशताको कारण हामीले यो संकटमाथि विजयी हासिल गर्ने छौँ ।’कोरोना महमारी विरुद्ध सरकारले समयमै चालेका कदमले सयौैँको जीवन जोगिएको उहाँको भनाइ छ ।
‘आउने केही हप्ता हामीले अलिकति साह्रोगाह्रो सहँदा थप जीवनको रक्षा गर्न अवश्य सकिन्छ,’ उहाँले भन्नुभयो, ‘आउनुहोस् फेरि एकपटक ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तो धैर्यता र साहस प्रदर्शन गरौँ । तपाइँहरुलाई सुविधा उपलब्ध गराउन आपूर्ति व्यवस्थामा कुनै कमी आउन नदिन सुरक्षा प्रबन्ध व्यावस्थित राख्न र कोरोना भाइरस फैलिन नदिन सरकार प्रतिबद्ध छ ।’कोरोना महामारीको संक्रमण फैलन नदिन सबै झनै सचेत बन्न आवश्यक रहेको बताउँदै उहाले -यापिड टेष्टले संक्रमित व्यक्तिहरुको थप पहिचान गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।