खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरिशनिस्चरे १० का भुल्के बन उपभोक्ता समितिले ५० हजार बराबरको राहत, वार्डलाई हस्तारन्त्रण, भोली बितरण गर्ने !


 संवाददाता   April 6, 2020   818 जनाले पढ़िसके




पथरीशनिश्चरे / बिश्व नै आतंकित भइरहेको कोरोना भाईरसको संक्रमणलाई न्युनिकरण गर्न लगातारको लक डाउनको कारण दैनिक ज्याला मजदुरी गरिखाने तथा अती बिपन्न परिवारको लागि नेपाल सरकार प्रदेश एक द्वारा नितीको राहत कार्यक्रम ल्याएको छ । सोही अन्तरगत मोरङ पथरी शनिश्चरे -१० मा अवस्थित भुल्के सामुदायिक बन उपभोक्ता समितिले रु पचास हजार बराबरको राहत समाग्री आज राहत समितीलाई हस्तान्तरण गरेको छ ।
बन उपभोक्ता समितिको अध्यक्ष पदम पाख्रिन र सचिब अनिता (अनु) राइको उपस्तिथिमा राहत समितिको सह सम्योजक तथा वडा सदस्य मैना आचार्यलाई हस्तान्तरण गरिएको छ । पथरी शनिश्चरे वडा नम्बर १० का बिपन्न परिवारलाई लक्षित गरेर कुल चामल छ सय पच्चतर केजी , दाल पचास केजी , तेल सय पोका, नुन पचास पोका र हात धुने साबुन एक सय थान उपलब्ध गराइएको सचिब अनु राइले जानकारी दिनुभयो । उक्त राहत सामाग्री अहिले सोही वडाको रेडक्रस भवनमा सन्कलन गरेर अन्य राहत सँगै भोली बितरण गरिने छ ।
सोही वडाको पशुपती सामुदायिक बनले पनी नगरको राहत कोशमा रु दश हजार जम्मा गरेको जानकारी प्राप्त भएको छ । अन्य बिभिन्न संघ संस्था या सहयोग ब्यक्तिहरुले सहयोग गर्ने क्रम जारी छ ।