खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



स्थानीय तहमा सर्वदलीय समिति नबनाउँदा राहत वितरणमा विवाद भइरहेकाे छः लिङदेन !


 संवाददाता   April 6, 2020   1044 जनाले पढ़िसके




काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले स्थानीय तहमा सर्वदलीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
उनले सर्वदलीय समिति नहुँदा नै हाल राहत वितरणको सिलसिलामा ठाउँठाउँमा विवाद र झडप भइरहेको दाबी गरेका छन् ।
नेता लिङदेनले फेसबुकमा लेख्दै भनेका छन्, ‘राहत वितरणमा विभिन्न ठाउँमा झडप हुनुको मुख्य कारण स्थानीय तहमा सर्वदलीय समितिहरु निर्माण नहुनु नै हो ।’
कोरोना भाइरसको प्रभावले नेपालमा गम्भीर संकट पैदा भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउन चुकेको नेता लिङदेनले औल्याए ।
‘कम्तिमा यो बेलामा प्रधानमन्त्रीले सर्वदलीय बैठक आव्हान गर्नुपथ्र्यो । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ, नगर, वडामा सर्वदलीय समिति निर्माण गर्न निर्देशन दिनुपथ्र्यो,’ उनले लेखेका छन्, ‘सबै जस आफूले मात्र लिने, आफूलाई मात्र नेपोलियन जस्तै विजेता सम्झने, निच, घटिया सोचाइले गर्दा चारैतिर वातावरण असहज हुँदैछ । यस्ता घटिया सोंच कायम रहे अझै असहज स्थिति आउँछ ।’उनले सहकार्य, सहअस्तित्व र इकोइकोनोमी पद्धतिबाट अघि बढ्नुपर्ने र संसारमै यसको विकल्प नभएको जिकिर गरेका छन् ।
सार्वजनिक डटकम बाट