खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दुई नक्कली डाक्टर प्रहरी द्वारा नि’यन्त्रणमा !


 संवाददाता   April 5, 2020   339 जनाले पढ़िसके




भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भे’षधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आज बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शि’विर स’ञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा.विनोद श्रेष्ठ नामको न’क्कली प’रिचयपत्र बोकेका थिए । काठमाडौँदेखि चिकित्सकको ब’हाना गरी सु’रक्षा जाँ’च छ’ल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मे’डिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सो’धपुछ गरेपछि न’क्कली चिकित्सक भन्ने पो’ल खुलेको थियो । दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वा’रेन्टाइनमा पठाउने भएको छ भने सवारी सा’धन प्रहरी कार्यालयमै राखिएको छ । प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति ला’गू औ’षधको खो’जीका लागि छ’ट्पटाउँदै आइपुगेको आ’शङ्का गरिएको बताएका छन् ।
स्रोत सिधाकुरा