खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भोलिदेखि लकडाउन कडा पार्ने, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने गरे मन्त्रिपरिषदले निर्णय !


 संवाददाता   April 4, 2020   726 जनाले पढ़िसके




काठमाडौं ।
सरकारले जारी लकडाउनलाई झनै कडाइ गरेको छ । एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको छ ।त्यसको कार्यान्वयनको लागि सरकारले प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।स्थानीय तहको आवागमन नियन्त्रित गर्न स्थानीय तहलाई सरकारले आग्रह गरेको छ ।

त्यसैगरी कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोसिस टेष्ट गरिने उनले बताए ।यसैबीच स्वास्थ्यकर्मीको सुरक्षा खलबल्याउने व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।बैठकमा लकडाउनको समयअवधि बढाउने विषयमा भने कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन ।लकडाउनको विषमा भने आजको बैठकले कुनै निर्णय नगरेको र अर्को बैठकले निर्णय गर्नेसमेत उनले बताएका छन । स्रोत सिधाकुरा बाट