खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



साहारा नेपाल साकोस द्वारा कोरोना प्रभावित कोषमा ५० लाख सहयोगको घोषणा !


 संवाददाता   April 4, 2020   1189 जनाले पढ़िसके




एलिना दियाली
अहिले बिश्व भर महामारिको रुपमा फैलीरहेको कोरोना भाईरस बाट नेपाल पनि प्रभावित बनेको छ ।यसको प्रभाव प्रदेश नम्बर एकमा नि देखिए संगै सम्भाबित बिरामीलाई आईसोलेसन र क्वारेन्टाइनमा राखिएको छ। प्रदेश एकको विभिन्न जिल्लामा क्वारेन्टाइन र आईसोलेसनमा राखिएका बिरामीलाई सहयोग गर्ने उदेश्यले सरकारले स्थापना गरेको जन सुरक्षा कोषमा साहारा नेपाल साकोसले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। साकोसले यस अघि नै आफ्नो कर्मचारी मानबियता साहयाता कोषबाट २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
शुक्रबार साकोसको २५ औं बर्ष पुगेको अवसरमा पुनः ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको सकोसका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरिले जानकारी दिनु भयो ।बिगतमा पनि सामाजिक कार्य गर्दै आएको साकोसले शुक्रबार कोशी अस्पताल कोभीड -१९ उपचार केन्द्रलाई ४ लाख मुल्य बराबरको खाध्य सामाग्री बितरण गरेको छ। अस्पतालमा कार्यरत चिकित्सक,कर्मचारी,र उपचार गर्न आउने बिरामीलाई सहयोग पुर्याउने उदेश्यले सो खाध्य सामाग्री बितरण गरिएको हो।प्रदेश एक सरकारको समन्वयमा उपचार केन्द्रलाई एक महिनाको लागि पुग्ने अति आवश्किय खाध्य सामाग्री साकोसका ईलाका प्रमुख ओम शाहले प्रदेश एकका सामाजिक बिकास मन्त्री जिबन घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ।त्यस्तै शुक्रबार नै साकोसले मोरङ को टा िड स्थित क्वारेन्टाइनमा बस्नेहरुको लागि एक महिना को लागि पुग्ने खाध्य सामाग्री खरिद गर्नको लागि १ लाख ५१ हजार रुपैयाँको चेक प्रदेश एकका मुख्य मन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ।प्रदेश एकको मोरङ,झापा,सुनसरी ,उदयपुर,ईलाम र पाँचथर जिल्लालाई कार्य क्षेत्र बनाएर सेवा प्रदान गरिरहेको यस साकोसले बाकी रकम प्रदेश एक सरकारको समन्वयमा हस्तान्तरण गर्दै जाने जनाएको छ।झापामा मुख्य कार्यलय रहेको यस साकोसले अँाखा शिबिर लगायतका सामाजिक कार्यहरु बिगत देखि नै गर्दै आईरहेको छ।