खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेवि संघ उर्लाबारीको उदाहरणीय काम , कोठा भाडा गरेर बस्ने विद्यार्थीलाई कोठामै पुगेर रहात वितरण गर्ने तयारी


 संवाददाता   April 4, 2020   671 जनाले पढ़िसके




सरोज निरौला
उर्लाबारी २२ चैत
कोरोना भाईरसको संक्रमणले गर्दा नेपाल अहिले कठिन परिस्थीसँग जुधिरहेको छ । कोरोनाको जोखिम बढेपछि देश लकडाउन गरिएको छ ।
यो अवस्थामा ज्याला मजदुरी गर्ने आर्थीक अवस्था न्युन भएका व्यक्ति साथै कोठाभाडा गरेर बस्ने विद्यार्थीको दैनीकी कष्टकर बन्दै गईरहेको छ । स्थानिय सरकारले राहत वितरणको कार्यक्रम ल्याएता पनि यसबाट असाहाय विपन्न र गरिब परिवार समेटिए पनि उच्च शिक्षा हासिल गर्न विभिन्न क्षेत्रबाट आएर कोठाभाडा लिएर बसेका विद्यार्थीभने ओझेलमा परेका छन् । लकडाउनको कठिन परिस्थीतीमा फसेका उनिहरुको उद्धारको लागी नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखि क्याम्पसले राहत वितरण गर्ने भएको छ ।
उर्लाबारी नगरपालिकाले एकद्धार प्रणलीबाट रहात वितरण गर्ने नियम बनाएपछि राहत वितरणको लागी विद्यार्थीको नामावली संकलनलाई तिब्रता दिएको उर्लाबारि बहुमुखी क्याम्पस  नेविसंघका इकाई सभापति सभापति सुजित जैसवालले जानकारी दिए । विभिन्न क्षेत्रबाट आएर उर्लाबारी नगरपालिका भित्र जुनसुकै क्षेत्रमा कोठाभाडा गरेर बसेका विद्यार्थीलाई नगरपालिकाको सहयोगमा उनीहरुको कोठामै पुगेर राहत बितर गरिने बताईएको छ । विद्यार्थीको बिचल्ली नहोस भनेर समाजीक उत्तरादायित्व अन्तर्गत राहत वितरण सँगसँगै घर धनीलाई लकडाउन अवधिभरको कोठाभाडा मिनाहा गर्न अनुरोध गरिने पनि सभापति जैसवालले बताए । संघले गर्ने सहयोगमा अति आवश्यकीय खाद्यान्न समाग्री प्रतिव्यक्ति दश किलो चामल, दुई किलो दाल,एक पोका तेल र एक किलो नुन दिने तयारी गरेको जानकारी दिए
लकडाउनको अवस्था रहेकाले विद्यार्थीको नामावली जम्मा गर्न समस्या परिरहेको र हाल २५ जना भन्दा बढि विद्यार्थी संघकको सम्पर्कमा आएको जैसवालले जानकारी दिए । नगरपालिकलाले राहत वितरण सबै क्षेत्रमा केहि समय पछि गर्ने भएकाले सबै विद्यार्थीको यकिन सङ्ख्या निकालेर केहि दिन भित्रै राहत वितरण थालिने बताइएको छ । नेवि संघले यस भन्दा अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यस क्याम्पसमा मोरङ लगायत पुर्बको ताप्लेजुङ,ईलाम ,भोजपुर ,खोटाङ धनकुटा ,भोजपुर ,झापा लगायत विभिन्न जिल्ला बाट आइ कोठा भाडामा लिई यस क्यापसमा अध्ययन गरिरहेको उनले बताए ।