खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राहत कोषमा रकम जम्मा गर्न थालनी गर्दै, युबा वार्ड सद्स्य द्वय काशिहाङ राई र अनोज घिमिरे !


 संवाददाता   April 3, 2020   719 जनाले पढ़िसके




पथरी शनिश्चरे । कोरोना भाईरसको माहामारीले विश्वनै भयभित भएको अवस्थामा नेपालमा पनि निरन्तर लक डाउनले जन जीवन आक्रान्त बन्दै गएको छ । यो अवस्थामा राहत योजना नेपाल सरकारली ल्याउदै गर्द अपनाइएको एक द्वार प्रणाली अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाले आवहान गरेको राहत कोशमा वडा सदस्य द्वय अनोज घिमिरे र काशिहाङ राइले रु दश हजारका दरले जम्मा गर्दै जनप्रतिनिधिहरु मध्ये खातामा जम्मा गर्ने प्रथम जनप्रतिनिधीहरु भएका छन ।

घिमिरे वडा न -१० र राइ वडा न -७ का युवा वडा सदस्य हुन । पथरी उधोग बाणिज्य संघको अध्यक्ष दिपक बस्नेतले रु एक लाख एक हजार जम्मा गर्दै सुरुभएको खातामा आज सम्म दश जनाले जम्मा गर्दै गर्दा कुल रकम रु दुई लाख दश हजार एक सय एक जम्मा भएको छ । यसरी नै नगरका सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको भत्ता जम्मा गरिदिएको खण्डमा जनप्रतिनिधिहरुबाट मात्र पनि रु सात लाख जम्मा हुने देखिन्छ ।

राहत बितरण कार्य सुस्त, पारदर्शिता नभइरहेको आम जनताको धारणा अाइरहदा त्यसमा अझ वास्तविक मजदुरहरु र न्युन आर्थिक अवस्था भएकाहरुको वास्तविक पहिचान गर्न नसकिरहेको अवस्था छ ।
पटक पटक बैठक बसेर भत्ता लाने काम भन्दा पनि सम्यन्त्रलाई उचित ब्यवस्थापन गरेर कार्यान्वयन पक्षलाई द्रुत पार्न आवश्यक छ ।