खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



युथ फर सोसल ट्रान्फरको राहत वितरण, एकै दिन ४२ परिवारलाई सहयोग


 संवाददाता   April 3, 2020   555 जनाले पढ़िसके




सरोज निरौला
झापा २१ चैत
लामो समय बाट सामाजीक क्षेत्रमा काम गर्दै आएको झापा विर्तामोडको युथ फर सोसल ट्रान्सफरले राहत वितरण कार्यक्रमलाई तिब्रता दिएको छ ।

कोरोना भाइरसको संक्रमणको कारण लकडाउन अवधि थपिदै जाँदा ज्याला मजदुरी गर्ने ,असक्त अपांगको दैनीक जीवनमा समस्या पर्दै गएपछि राहत बितरणलाई तिब्रता दिन थालिएको हो । झापाको विर्तामोड नगरपालिका भित्र बसोबास गर्ने करीब ४२ विपन्न परिवारलाई संञ्चाकर्मी सरोज पौडेलको पहलमा केहि समयलाई पुग्ने आति आवश्यकिय खाद्यसामाग्री आज प्रदान गरिएको युथ फर सोसल ट्रान्फरका अध्यक्ष माधव कुमार झा ले जानकारी दिएका छन् ।
राहत सामाग्रीमा चामल,तेल,नुन,दाल आदि रहेका छन् ।खाद्य सामाग्री ट्रान्सफरका सदस्य विज्ञान राज पौडेल लगायतको टिमले घरमै पुगेर वितरण गरेको थियो । सामाजिक काममा समर्पित यस संस्थाले विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।