खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ॐ सियार जम्बुलिङ बज्र गुम्बा द्वारा, तीस परिवारलाई राहत हस्तान्तरण !


 संवाददाता   April 3, 2020   779 जनाले पढ़िसके





संवाददाता, पि एल टिभी अनलाइन डटकम
पथरीशनिश्चरे / बिश्व नै आतंकित भइरहेको कोरोना भाईरसको संक्रमणलाई न्युनिकरण गर्न लगातारको लक डाउनको कारण दैनिक ज्याला मजदुरी गरिखाने तथा अती बिपन्न परिवारको लागि नेपाल सरकारले एक द्वार नितीको राहत कार्यक्रम ल्याएको छ । सोही अन्तरगत मोरङ पथरी शनिश्चरे -१० मा अवस्थित ॐ सियार जम्बुलिङ बज्र गुम्बाले राहत कार्यक्रमको पहिलो दिन तीस परिवारलाई लक्षित गरेर तयार पारेको राहत आज राहत समितीलाई हस्तान्तरण गरेको छ ।
राहत समिती पथरी शनिश्चरे -१० का वडा अध्यक्ष सागर थुलुङ् एवम सम्योजकको उपस्तिथिमा, गुम्बाका अध्यक्ष भबुल्सिङ तामाङ द्वारा कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति पथरी शनिश्चरे १० लाई हस्तान्तरण गरेको छ । अत्यन्त न्युन आर्थिक अवस्था रहेको तीस परिवारलाई एक परिवार बराबर दश केजी चामल , एक केजी दाल , एक लिटर तेल र एक थान साबुनका दरले तीस घरलाई रु बीस हजर बराबरको राहत सामाग्री हस्तान्तरण भएको हो ।
गुम्बाका सल्लाहकार चन्द्र तामाङका अनुसार वडामा एक सय तिस घर तामाङको संख्या रहेको र उक्त घरहरुको नियमित मासिक बचत र दान पेटिकामा संकलित रु बीस हजारले राहतको निमित्त खर्च गरेको जानकारी दिनुभयो ।