खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



देखिएन कसैमा कोरोनाको लक्षण ,क्वारेन्टाईनमा बसेपछि घर पठाईयो


 संवाददाता   April 3, 2020   567 जनाले पढ़िसके




सरोज निरौला
ईलाम २१ चैत
ईलामको रोङ गाँउपालिका ५ नाखोपामा रहेको क्वारेन्टाईन बाट १४ दिन पुरा गरेका ५ जनालाई आज घर फर्काईएको छ ।

रोजगारीको शिलशिलामा भारत गएर फर्किएका ५ जनालाई कोरोना सम्वन्धि कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य कर्मी को उचित परामर्श साथै स्वास्थ्य परिक्षण पछि ५ जना पुरुष लाई घर फर्काईएको रोङ गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष युवराज खाप्तुवाले जानकारी दिएका छन् । भारतको केरला भन्ने स्थानमा रहेका उनिहरु झापाको काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका थिए । सरकारले जारी गरेको बिदेश बाट फर्किने जो कोहिले १४ दिन क्वारेनटाईनमा बस्नु पर्ने नियमलाई आत्मासाथ गर्दै गाँउपालीकाले विभिन्न देश बाट आएका स्थानियलाई कोरोनाको बारेमा जानकरी दिँदै आवश्यक्ता अनुसार क्वारेन्टाईनमा राख्दै आएको छ । हाल नाखोपामा ५ जना रहन सक्ने गरि क्वारेन्टाईन बनाईएको छ भने अन्य क्षेत्रमा पनि आवश्यक्ता अनुरुप क्वारेन्टाईन रहेको अध्यक्ष खाप्तुवाले जानकारी दिए ।