खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



लक डाउन प्रभावित असहाय ,विपन्नको लगत संकलन !


 संवाददाता   April 2, 2020   510 जनाले पढ़िसके




२० चैत्र २०७६

कोरोना भाइरस न्यूनीकरणका लागि नेपाल सरकारले मुलुक लक डाउन गरेसँगै सरकारले सम्पुर्ण स्थानिय तहलाई राहत कोष मार्फत ज्यालादारी , विपन्न र असहाय नागरिकलाई राहत कोष मार्फत राहत वितरण गर्न भनेको छ।

मोरङ पथरी शनिश्चरे नगरपालिकाले समेत एनआइसी एशिया बैंक पथरी शाखामा खाता खोलि राहत संकलन गरिरहेको छ भने राहत वितरणको तयारीमा समेत जुटेको छ। यसै सन्दर्भमा नगरका प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत कोष समन्वय तथा वितरण समिति गठन गरिएको छ।
यता वडा नम्बर १० मा समेत सोही अनुरुप वडा अध्यक्ष सागर राईको संयोजकत्वमामा सो समिती गठन गरिएको छ। समितीमा कार्यपालिका सदस्य मैना आचार्य सह संयोजक रहनुभएको छ।
समितीमा वडा सचिव तारानिधि सापकोटा सदस्य सचिव, पिताम्बर थापा ( स्वास्थ्यकर्मी ) कृष्ण बहादुर कार्की ( नेपाल रेडक्रस सोसाइटी नगर सभापति ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ( कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समिति अध्यक्ष ) प्रेम ढकाल ( समाजसेवी ) उत्तरबहादुर लिम्बू ( समाजसेवी) सदस्य रहनु भएको छ।
वडा नम्बर १० मा भुटानी शरणार्थी सिविर समेत पर्ने भएकाले भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति सचिव चम्पासिंह राई समेत सदस्यमा रहनु भएको छ। त्यसै गरि अजिन्दकुमार राई ( शसस्त्र प्रहरी बेश क्याम्प शिविर) समेत सो समितीको सदस्य रहनु भएको छ।
समितीले वडामा रहेका ज्यालादारी , विपन्न र असहाय नागरिकहरुको लगत संकलनको कार्य सम्पन्न गरेको छ। वडाले भुटानी शरणार्थी सिविरमा रहेकाहरुलाई पनि राहत व्यवस्थापन गर्नु पर्ने भन्दै उनिहरुको घर धुरी र परिवार संख्या समेत पठाउने बताएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी गरिएको बन्द (लकडाउन) का कारण दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्ने वडावासीका लागि राहत कोष खडा गरी राहत जुटाउने कार्य भइरहेकाले इच्छुक व्यक्ति, संघ संस्था सहित सवैमा राहतमा जुट्न सो समितीले आव्हान गरेको छ। इच्छुकले नगद सहयोग गर्दा ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंक पथरी शाखाको खाता नम्वर ०८४४१५००२७७५६००२ मा र खाद्यान्न एवम् जिन्सी सहयोग गर्दा वडा समितिका निम्न पदाधिकारीसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
१, सागर राई (वडाध्यक्ष) ः संयोजक ९८१९०५१९८८
२, मैनादेवी फूयाँल आचार्य ( कार्यपालिका सदस्य) सहसंयोजक ः ९८२९३७५६७१
३, तारानिधि सापकोटा ( वडा सचिव ) सदस्य सचिव ः ९८४२०९७१०४
४, पिताम्बर थापा ( स्वास्थ्यकर्मी ) सदस्य ः ९८६४५४६९८९
५, कृष्णबहादुर कार्की ( नेपाल रेडक्रस सोसाइटी नगर सभापति ) सदस्य ः ९८४२०४२८९४
६, ज्ञानेन्द्रप्रसाद ढुंगाना ( कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समिति अध्यक्ष ) सदस्य ः ९८११०१४२४४
७, प्रेम ढकाल ( समाजसेवी ) सदस्य ः ९८०४३३७८३६
८, उत्तरबहादुर लिम्बू ( समाजसेवी) सदस्य ः ९८०५८४६६६२
९, चम्पासिंह राई ( भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति सचिव) सदस्य ः ९८०११२१२११
१०, अजिन्दकुमार राई ( शसस्त्र प्रहरी बेश क्याम्प शिविर) सदस्य ः ९८६२३२८३६५