खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कुनै लक्षण नदेखी, को’रोना पो’जेटिभ एकै घरका चार सदस्यमा देखियो !


 संवाददाता   April 2, 2020   430 जनाले पढ़िसके




काठमाडौं, २० चैत ।
कुनैपनि लक्षण नदेखी दार्जिलिङका एकै परिवारका ४ जनामा को’रोना भाइरस पो’जेटिभ देखिएको छ ।दार्जिलिङको कालेबुङ स्थित एक महिलाको गत सोमबार कोरोनाको कारण मृ’त्यु भएको थियो । उनको मृ’त्यु पश्चात परिवारका अन्य सदस्यको स्वास्थ्य प’रीक्षण गर्दा चारै जनामा को’रोना भाइरस पो’जेटिभ भेटिएको बताइएको छ ।परीक्षण गरिएका चारै जनामा को’रोना भाइरसको कुनै पनि लक्षण देखिएको थिएन । यद्यपि उनीहरुमा गरिएको परीक्षणको रिपोर्ट बुधबार पोजेटिभ आएको उत्तर बंगाल मेडिकल कलेजले पुष्टि गरेको छ । हाल उनीहरुलाई उच्च नि’गरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । को’रोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् । सिधाकुरा बाट