खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



१०–१० रुपैयाँले घट्यो पेट्रोल, डिजेल, मट्टितेलको मुल्य !


 संवाददाता   April 1, 2020   349 जनाले पढ़िसके




१९ चैत्र २०७६, बुधबार काठमाडौं ।
पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँका दरले घटेको छ ।नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बै’ठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य घटाएको हो ।
को’रोना भाइरसको संक्रमण फैलिएका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको‍ कमीका कारण इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य घटेर आएकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निमगले जानकारी दिएको छ। हवाई ईन्धन (आन्तरिक उडान तर्फ) मा प्रतिलिटर १५ घटाई ७५ रुपैयाँ प्रतिलिटर तथा बाह्य उडान तर्फ ९५ सेन्ट (अमेरिकी डलर अनुसार) कायम गरिएको जानकारी निमगले दिएको छ। एल.पी.ग्याँसको हालको मूल्य यथावत नै राखिएको छ। सिधाकुरा