खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



को’रोना संक्रमण बाट चीनमा भन्दा अमेरिकामा धेरैको मृत्यु !


 संवाददाता   April 1, 2020   310 जनाले पढ़िसके




काठमाडौं । कोभिड–१९ को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु गएको छ ।

बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ ।
गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।
बीबीसीले जनाएअनुसार, अमेरिकाको कुल कोरोना संक्रमित संख्या १ लाख ८१ हजार पुगेको छ ।