खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



धन होइन,जन जोगाउने भन्दै क्वारेनटाइन निर्माण गर्न आफ्नो सुबिधाबाट वडा अध्यक्ष तामाङले दिए ३ लाख !


 संवाददाता   March 30, 2020   2808 जनाले पढ़िसके





सुनबर्षी नगरपालिका,
मोरङ ।
यो समय धन होइन जन जोगाउने हो भन्दै मोरङको सुनबर्षी नगरपालिका वडा नम्बर – २ का वडा अध्यक्ष प्रताप तामाङले दश बेडको क्वारेनटाइन निर्माण गर्न आफ्नो सुबिधाबाट रु दुई लाख बयनब्बे हजार चार सय असी रुपैया प्रदान गरेका छन ।
विश्वलाई आतङ्क फिजाइरहेको कोरोना भाईरसको सन्क्रमणबाट हुन सक्ने डरलाग्दो परिस्तिथीलाई मध्यानजर गर्दै सोही नगरको वडा नम्बर २ को अमरदह स्वास्थ्य चौकिमा १० बेडको क्वारेनटाइन निर्माण गरेर नगरप् प्रमुख काली प्रशाद दास र स्वास्थ्य प्रमुख किशोर मन्डललाई हस्तानतरण गरेका हुन ।
उनले आफ्नो वडामा आफ्नै बजेटमा सम्पूर्ण जनतालाई मार्क्स साथै साबुन बितरण गरिसकेका छन । उनको यस कार्यलाई देखेर अन्य सामाजिक ब्यक्तिहरुले पनि उनको यस कार्यमा साथ दिने बचन दिएको तामाङले फोन मार्फत जानकारी गराएका छन । नेपाल सरकारले गरेको लकडाउनलाई सबैले इमान्दार साथ पालना गरौ हामी सबै बाचिए भोली धन कमाउला, अहिले सबैले स्वास्थ्यमा गम्भिर बनौ । कोही पनी अत्यावश्यक काम बिना बाहिर नजान सुझाब दिन्छन ।