खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



जापनको टोक्योमा एकै दिन ६८ जनामा कोरो’णा सङ्क्रमण भएको पुष्टी !


 संवाददाता   March 30, 2020   367 जनाले पढ़िसके





काठमान्डौ ,
चीनको हुबेमा सतर्कतातस्वीर कपीराइटAFP/GETTY
कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ।
त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।
राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।
जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ।
सावधानीका उपाय
छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन।
घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ।
कोरोनाभाइरसका कारण अमेरिकामा ‘दुई लाख जनाको मृत्यु हुन सक्ने’ चेतावनी
हामीलाई कोरोनाभाइरसबारे अझै थाहा नभएका नौ कुरा
एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ। उनी ७० वर्षका थिए।
यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन्।
बिबिसी