खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बुटवल अस्पतालको क्वारेन्टाइनमा रहेका, कोरो’ना संक्रमण बाट आशंका गरिएको एकजनाको मृत्‍यु !


 संवाददाता   March 29, 2020   283 जनाले पढ़िसके





काठमान्डौ
कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए। उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए।
उनको रगतको नमुना संकलनका लागि पठाइएको र हाल सम्म नजिता नआएको अस्पताल श्रोतले बताएको छ ।उनी दुवईबाट १० दिनअघि मात्र नेपाल आएको बुझिएको छ । उनी त्यहाँ ट्याक्सी ड्राईभरको रुपमा कार्यरत थिए ।रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछी ७ गते देखि घरमै उपचार गराई रहेको र १३ गते बुटवल स्थीत आईसुलेसन बिशेष अस्पतालमा भर्ना थिए ।आज बिहान अलि बढी समस्या देखिएपछी आईसीयुमा राख्ने तयारी हुदा हुदै निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिएका छन ।बिरामीकाे मृत्यु भएपछि अहिले अस्पताकाे बैठक बसेकाे छ। बैठकपछि थप जानकारी गराइने भएकाे छ