खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सरकार अझै एक साता लक’डाउन अवधी लम्ब्याउने तयारीमा !


 संवाददाता   March 29, 2020   271 जनाले पढ़िसके





काठमान्डौ ,
लकडाउनका कारण मर्कामा परेका न्यून आय भएका विपन्न नागरिकहरुका लागि सरकारले राहत प्याकेज ल्याउने भएको छ । विशेष गरी न्यून आय, विपन्न वर्ग, सशरी मजदुर तथा गरिबहरुका लागिथ यस्तो प्याकेज ल्याउने तयारी गरेको हो ।कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यसको तयारी गरिरहेको छ ।आज बस्ने मन्त्री परिषद् बैठकले यो प्याकेजको घोषणा गर्ने जनाइएको छ ।स्रोतले भन्यो, ‘त्यस्ता गरिखाने वर्गहरू ठूलो समस्यामा परेको, हातमुख जोड्नकै समस्या भएकोबारे सरकार जानकारी छ, त्यस्ता वर्गलाई कस्तो राहत दिन सकिन्छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं ।
मन्त्रिपरिषद् बैठक बसेर घोषणा गर्छौं ।’न्यून आय भएका वर्गलाई पालिकाहरूले खाने कुराको प्रबन्ध मिलाइरहेको भए पनि उनीहरूले काम पाउने अवस्था नबन्दासम्म उनीहरूलाई सरकारले हेर्ने समिति स्रोतले जानकारी दिएको छ ।यस्तै लकडाउन अवधि कम्तीमा पनि एकसाता लम्ब्याउन सरकारले तयारी थालेको छ । एक साताका लागि गरिएको लकडाउनको अवधि सोमबार सकिँदैछ ।कोरोनाको जोखिम बढीरहेका बेला ‘कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ले कम्तीमा एकसाता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जनाएको छ । सिधाकुरा