खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



दमककी समाजसेवी गंगाले गरिन कोरोनाको कारण घरभाडा मिनाहा


 संवाददाता   March 27, 2020   2423 जनाले पढ़िसके




सरोज निरौला
दमक १४  चैत्र
कोरोनाको महामारीले यतिबेला विश्वका विभिन्न क्षेत्रमा मानव को मृत्यु र त्रास दुवै निम्त्याएको छ । कोरोना संक्रमणको नेपाल उच्च जोखिममा रहेका बेला यो समय नेपाल लकडाउन गरिएको छ ।

यो समय कतिले कालो बजारी गरेर धन कमाएका छन त कतिले समाजसेवा गरेर मन जितेका छन । यस्तै सामाजीक काममा र राजनीतिमा लामो समय देखि अग्रसर समाज वादी पार्टीकी समाजवादी महिला संघ केन्दि«य सदस्य एवं समाजवादि लिम्बुवान राष्ट्रय समितिकी सचिवालय सदस्य झापाको दमक नगरपालिका वडा नं ५ निवासी गंगा राई   शेर्माले आफ्नो घरको २ वटा फ्लाटमा भाडा बस्ने सबैलाई कोरानाको महामारी साम्य नहुन्जेल भाडा मिनाहा गरेकी हुन । सामाजिक उत्तर दायितव अन्र्तगत यस्तो महामारीको अवस्थामा आफुले सक्ने सहयोग गरेको उनले बताईन । यसरी सहयोग गर्दा आफुले गर्व महसुस गरेको र यस्तो आपतको समयमा सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरेकि छन् । शेर्मा २०७४ सालको स्थानीय चुनावमा दमक नगरपालिका बाट उपमेयरको प्रत्यासी समेत रेहेकी थिईन ।