खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



घाइते दाजुको निधन, बिल तिर्न नसक्दा शब दिन अस्पातलले गर्‍यो अस्विकार र बहिनी द्वारा आत्माहत्याको चेतावनी


 संवाददाता   March 26, 2020   2915 जनाले पढ़िसके





मोरङ । गत फाल्गुन २७ गते निर्मम रुपमा सामुहिक कुटपिट भएका मोरङ पथरी शनिश्चरे -१० को दिपक लिम्बुको हिजो बेलुकी बिराटनगर बिराट अस्पातलमा निधन भएको छ ।
घटनामा संलग्न सोही वडाका मिन दोर्जे तामाङ , मुस्कान राइ र सनज्य लिम्बु मध्ये मुस्कान राइलाई गएको हप्ता पक्राउ गरिएको छ भने अन्य दुई फरार छन । अस्पातलले करिब ६ लाख बिल निकाले पछी दाइलाई हेर्न बसेकी कुरुवा बहीनी मनु लिम्बुको होश उडेको छ । आर्थिक रुपमा बिपन्न परिवारका पिडित बहिनी आफ्नो दाईको शब अस्पातलबाट घर लान सक्ने स्तिथीमा छैनन । उनिसँग अहिले बसेर खाने पैसा पनि साथमा नभएको बताएकी छिन ।
अहिले सम्म स्थानिय सरकारको कुनै पनि निकायबाट सहयोग नभएको र गरिबीको कारण बिना कारण ज्यान गुमाउनु परेको बहिनिले फोन मार्फत जानकारी गराइन । प्रहरीले भने अहिले कोरोना सन्क्रमणको कारण अपराधीलाई पक्रन केही गर्न नसक्ने बताउदै आएको छ भने लक डाउनको कारण स्थानियले पनि कुनै सहयोग गर्न नसकेको बताउछन ।
अस्पातल संचालक ज्ञानेन्द्र गिरी पैसा नबुझाए शब दिन नसक्ने बताउछन । त्यसरी दिने भए अस्पातल बन्द गर्नुपर्ने अवस्था आउने बताए ।
गम्भीर घाइते दीपककाे आर्थिक अवस्था कमजोर भएको कारण उनी अस्पताल गएनन् । घरमै बसे । विरामीको अवस्था कमजोर हुँदै गएपछि कुटपिट गर्ने समूहको आफन्तहरुले पथरी यलम्बर चोकको वसन्त मेडिकलमा ल्याए । र, केही औषधी लिएर घर लगे । विरामीको अवस्था नाजुकको थाहा पाएपछि दीपककी बहिनी मनु आएर चैत ७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगे । कुटपिट भएको १० दिन बितिसकेको थियो ।

बीपी अस्पतालले आइसीयु छैन अन्तै लानु भने । बिरामीको साथमा बहिनी मनु र ज्वाइँ गंगाबहादुर लिम्बू थिए । दाजुको ज्यान बचाउन बहिनीले दाजु दीपकलाई विराटनगरको बिराट अस्पताल लगिन् । त्यहाँ दीपकलाई आइसीयुमा राखियो । टाउकोको अप्रेशन गरियो । विरामीको अवस्था नाजुक हुँदै जाँदा भ्यान्टीलेटरमा राखियो । अस्पताल पुर्‍याको ७ दिनपछि बिहीबार (आज चैत १३ गते) अन्ततः दीपक लिम्बूको मृत्यु भयो ।
दाजुको मृत्यु भएसँगै विराट अस्पतालमा काम गर्ने कर्मचारीहरुले उपचार गरेको पैसा माग्न थाले । पैसा नतिरे शव नदिने र सडकमा फाल्दिन्छु भनेपछि मनु र गंगाबहादुर अस्पताल बाहिर बसिरहेका छन् ।
फोन सम्पर्कमा बहिनी मनुले भनिन्, “हामीसँग पैसा छैन, नतिरी लाश लान दिन्न भन्छ के गर्नु उपाए छैन ।” ज्वाइँ गंगाबहादुरको पनि कुरा उस्तै छ, “हामीलाई पैसा निकाल्न सक्दैनौ दाजु (जेठान)को शव निकाल्न गारोभो ।”

कसैले सहयाेग नगरे आत्महत्या !
मनुले कसैको सहयोग नपाए पथरीशनिश्चरे नगरपालिका- १० नम्बर वडामै गएर आत्महत्या गर्ने चेतावनी दिएकी छन् ।
हाल विश्व कोरोनाभाइसका कारण अस्तव्यस्त बनेकाे छ । नेपाल लकडाउन भएको बेला मनु लिम्बूलाई बज्रपात परेको छ ।
छिमेकीको कुटपिटबाट उनले माइती गुमाउनु परेको छ । त्यसमा पनि व्यवहारिक, कानूनी र आर्थिक सहयोग नपाउँदा पीडामाथि पीडा थपिएको छ, मनुलाई । रुदै फोनमा बोलेकी मनुले भनिन्, “राज्य, सरकार, अभिभावक काेही नभएको जस्तो भइरहेको छ ।”