खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पथरी शनिश्चरेका दिपक पयाङगु लिम्बु आर्थिक अभाबले अन्तिम अवस्थामा उपचार पाउन नसक्दा मृत्‍युको नजिक हुँदै


 संवाददाता   March 25, 2020   3322 जनाले पढ़िसके





पथरी । श्रृंखलाबद्द सामुहिक कुटपिटबाट गम्भिर घाइते भएका पथरी शनिश्चरे -१० को दिपक पयाङ्गु लिम्बु अहिले बिराट अस्पताल बिराटनगरमा अत्यन्त नाजुक अवस्थामा रहेका छन ।
हाल सम्म करिब चार लाख भन्दा बढी खर्च रहेको र उपचार खर्च अस्पातललाई कुनै शुल्क बुझाउन नसक्दा आफ्नो दाइ उपचारको अभाबले गुमाउनु पर्ला भन्ने भय रहेको उनको बहिनी मनु लिम्बुले बताएकी छिन । अस्पातलमा एक रुपैया पैसा बुझाउन नसक्दा बिमारी दाईलाई छाडेर भाग्ने कि रुघेर बस्ने बिचलित अवस्थामा छिन ।
फाल्गुण २७ गते होलिको दिन रातको समयमा पूर्व तयारीको साथमा सोही वडाको लन्क तामाङको घरमा आराम गरेको समयमा अन्धधुन्द लन्क तामाङको निज भाई दोर्जे तामाङ , मुस्कान राइ र सञ्जय लिम्बुको समुहले सामुहिक रुपमा कुट्पिट गरेका छन । कुटपिट पश्चात ज्यान जोगाउन भागने क्रममा पुन लखेटी कुट्पिट गरी मरणासन्न अवस्थामा छाडेका थिए ।
दिपक लिम्बु केही दिन पश्चात आफन्तको घरमा रहेको अवस्थामा पुन उनी माथि उक्त समुहले साझको समय मुखमा पटी बाधेर आएर पुन कुट्पिट गर्दै निकालेर बेपत्ता परेका थिए । घाइते दिपकको अवस्था गम्भिर देखे पश्चात दोर्जे तामाङको दाई मन कुमार तामाङले बसन्त मेडिकलमा लगेर सामान्य औषधी गरे पनि घाइते दिनदिनै चिन्ताजनक अवस्थामा देखे पछी कुटपिटमा संलग्न मुस्कान राइलाई ईलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ भने अन्य दुई जना फरार छन ।

मुस्कान राइको पक्राउ पश्चात पनि अपराधीहरु गाउको आसपास रहेको आशँका गरेता पनि पक्राउ पर्न सकेको छैन । प्रहरीलाई उजुरी दिएको पाच दिन सम्म पनि अपराधी पकड्न नसक्नुको पछी कोरोना सन्क्रमणको प्रतिकुल अवस्था रहेको प्रहरीले जानकारी गराएको छ । यो अवस्थामा संलग्न अपराधीहरुको पहिचान भए पनि हिरासतमा लिन नसक्नुले आर्थिक रुपमा दयनिय दिपकको परिवारले उनलाई उपचार गर्न नसक्ने अवस्थामा देखिन्छन ।