खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कोरो’ना तिमीले माहामारी फैलाउने कस्तो शहर बनायौ, तारा लावोती लिम्बु !


 संवाददाता   March 25, 2020   890 जनाले पढ़िसके




कोरोना भाइरस
कोरोना तिमीले माहामारी फैलाउने कस्तो शहर बनायौ
भाइरस सधै तिम्रो छायाँभरी रमाउने कस्तो रहर बनायौ
सारा तिम्रो करूणाबिहीन डर त्रासले भयावह छन् सबै यहाँ
अनावसै सृष्टि भई मनुष्यलाई गलाउने कस्तो जहर बनायौ
संसारको हरेक देशमा तिम्रा पापी भाइरस नपुगेको ठाउँ नै छैन
मानवभित्रभित्रै तिम्रो संक्रामण डुलाउने कस्तो लहर बनायौ
मानवलाई यति ठूलो चोट दिन्छौ भनी कस्लाई थाहा थियो र?
दिन रात कष्टमा पारी मानिस बगाउने कस्तो नहर बनायौ
दुनियाँले तिम्रो क्रुरता बारे डराई कहाली लाग्दो चर्चा गर्छन्
यो धर्तिमा प्रकोप बनी हरपल तर्साउने कस्तो कहर बनायौ
रचना : तारा लाओती लिम्बू
ठेगाना : प.श.न.पा. – १, बिशाल मार्ग, मोरगं