काठमाडौं-
काठमाडौंमा एक जनामा फेरी कोरोना संक्रमण देखिएको छ। यो सँगै तीन जनामा संक्रमण देखिएको छ। राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।एक जना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन्। फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना देखिएपछि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।
नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । सिधाकुरा