खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेकपा रतुवामाई द्वारा कोरोना सचेतनामुलक कार्यक्रम सम्पन्न !


 संवाददाता   March 24, 2020   711 जनाले पढ़िसके




नेकपा रतुवामाई द्वारा कोरोना सचेतनामुलक कार्यक्रम सम्पन्न,

एलिना दियाली
बिश्वमा नै महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभीड १९) को रोकथामको लागि नेपाल कम्नियुषट पार्टी रतुवामाई नगर कमिटीले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।सोमबार नगरका विभिन्न स्थानमा कोरोनाको लक्षण र बच्ने उपाय भएका पर्चा साथै २ हजार थान मास्क बितरण गरि यसबाट बच्न सचेतना अपनाउन आग्रह गरिएको नेकपा रतुवामाई नगर ईन्चार्ज सुमन कालिकोटेले बताउनुभयो।साथै उहाँले अनावश्यक हल्लाको पछि नलाग्न साथै साबुन पानी ले नियमित हात धुन,आआफ्नै घरमा बस्न,धेरै भिडभाड नगर्न सबै नगर बासिलाई आग्रह गरिएको बताउनु भयो।साथै रतुवामाई नगरको नेपाल भारत सिमाना कोरोनाका कारण परेको असरको बारेमा समेत अनुगमन गरिएको बिद्यार्थी नेता सुजन बिष्टले बताउनु भयो।

साथै उहाँले अनावश्यक हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्नु भएको छ।कार्यक्रममा नेकपा नगर ईन्चार्ज कालिकोटे,नगर अध्यक्ष शिबनारायण राजबङ्शि साथै नेकपाका नेता तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो।सरकारले कोरोनोलाई मध्य नजर गरि चैत्र ११ गते मङ्गलबार बिहान ६ बजे देखि चैत्र १८ गते बिहान ६ बजे सम्म देश ब्यापी लकडाउन घोषणा गरेको छ।