खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सामाजबादी नेताको सामाजिक सेवा


 संवाददाता   March 21, 2020   978 जनाले पढ़िसके




सरोज निरौला
पथरी शनिश्चरे ८  चैत्र
सबैलाई हाँसि ख्ुसि बाँचौ भन्ने आशा हुन्छ । सबैलाई स्वास्थ्य भएर बाँचौ भन्ने हुन्छ तर सोचेको कहाँ हुन्छ र ।
यस्तै भएको छ मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० निवासि ४५ बर्षिय कृष्ण बहादुर योङहाङ लिम्बुलाई लाउँलाउँ खाउँ खाउँ भन्ने उमेरमा रोगले सिकिस्त पारेर हिड्न नसक्दा र राम्रोसँग बोल्न नसक्दा उनलाई जे बितिरहेको छ त्यो हामि कल्पना गर्न सक्दैनौ ।
ईलामको माङसेबुङ गाँउपालिकामा जन्मीएका उनि आफ्नो कर्मथलो बनाउन परिवार सँग तराई झरे तर उनका लागी तराई पराई सावित भैदिएको छ । यतिबेला उन्को दुवै मृगौलाले काम गर्दैन यहि रोग निको पार्न उनि यतिबेला सहयोगी मनको खोजिमा लागी परेका छन् । श्रीमती २ छोरी र १ छोराको साथमा बस्दै आएका लिम्बु यतिबेला दम साथै मृगौलाको समस्याले गर्दा थला परेर बस्न बाध्य छन् । अर्काको मज्दुरी गरेर आफ्नो परिवार पाल्दै आएका लिम्बुको सम्पतिको नाममा एउटा घर र परिवार छ घर पनि बैङ्कको नाममा रहेको छ । नजीकैको विद्यालयमा अध्ययन गर्ने स साना छोराछोरीको आवश्यक्ता पुरा गर्न श्रीमती तानमा ढाकाको पोसक बुन्थिन तर त्यस्ले मात्रै घर खर्च कहाँ टर्छ र झन यस्तो समस्या देखिन थालेपछि लिम्बुको घरमा यतिबेला सन्नटा छाएको छ । मृगौला

प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको पीडितले बताउदै आएका छन् ।
तर एक भाईको आँखामा आँसु आँउदा अर्को भाईले पुछिदिने परिपाटी हाम्रो नेपालमा छ । रोगले थलएिका कृष्णको अवस्थाा थाहा पाएपछि राजनीतिक क्षेत्र र समाज सेवामा सक्रिय रहेका ईलामको माई नगरपालिका वडा नम्बर ९ घर भएका हाल झापाको विर्तामोड बस्दै आएका टुपेन्द« एक्तेनको मन मानेन यहि क्षेत्र अर्थात तत्कालिन लिम्बुवान पार्टिको तर्फबाट २०७० सालको चुनावमा मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उमेद्धार उठेका येक्तेने आफ्नै क्षेत्रका एक व्यक्तिको हालत यस्तो हुँदा आफुले सहयोग गर्नुपर्छ भन्ने ठानेर विदेशमा रहेका नेपाली दाजुभाई दिदि बहिनीलाई अनुरोध गरि उपचारमा सहयोग पुर्याउन अनुरोध गरि विदेशमा कृष्ण लिम्बुु बचाउ अभियान सञ्चालन गरे र त्यहाँ बाट उठेको रकम उनको घरमै गएर हस्तान्तरण गरिएको छ ।
अभियान बाट उठेको रकम रु १ लाख ६ हजार ९५ रुपैँया उनक िश्रीमती गंगामाया लिम्बुलाई सहयोगी अभियानका सहयोगी एक्तेन अभियान कर्मी अभिषेक किराँतीसहितले प्रदान गरेका हुन । हप्ताको २ पटक सम्म धरानको घोपामा उनको डाईलोसिस गरिदैछ । उनलाई घरबाट अस्पताल पुग्न २ हप्ताकै ४ हजार भन्दा धेरै खर्च लाग्ने गर्दछ , उनको यो घाउमा थोरै भएपनि मल्हम पट्टि लगाउन आफुले अभियान चलाएको समाजसेवि टुपेन्द«को भनाई छ । टुपेन्द« भन्छन “राजनिति सँगसँगै सामाजकि काम गर्नु मेरो कर्तव्य हो र म गर्दै छु ” एक्तेनले हाल यो अभियान सँग सँगै ईलामको देउमाई नगरपालिका वडा नम्बर ७ का चित्र राईको घर फागुनमा आगोले जलेर नस्ट भएको र त्यहि घरको सहयोगका लागी आफु अहोरात्र लागी परिरहेको बताए । यसरी समाजमा रहेर सामजीक कार्यमा मन लगाउने कार्य समाज र देशको लागी उदाहरणीय कार्य हो । लिम्बु परिवारमा परेको चोटलाई सबैले आफ्नो परिवारमा परे जस्तो सोच्न सके उनको उद्धार गर्न सकिने थियो। उनलाई सहयोग गर्नको लागी समाजसेवि टुकेन्द« एक्तेनको सम्पर्क नम्बर ९८१६९१०००८ मा साथै नविल बैङकको खाता नम्बर २११००१७५०५०२४ मा रकम सहयोग गर्न सकिने बताईएको छ ।
हाल सम्म संकलीत रकम
(१) श्री डम्बर सिंह लावति मिक्लाजुङ ५ कुरुङ्वा परिवार (हाल कोरिया रु ५०००
(२) टुपेन्द« एक्तेन माई नगरपालिका ईलाम हाल विर्तामोड रु ८०००
(३) श्री ईश्वरी लिम्बु माई नगरपालिका १० ईलाम हाल कुवेत रु ५०००
(४) श्री टेकमाया योङ्या चौविसे गाँउवालिका वडा नम्बर २ देविथान धनकुटा रु ५०००
(५) श्री सिता हुक्पा चोङ्वाङ आईतबारे ४ मोरङ (हाल हङकङ रु ५०००
(६ श्री विष्णु पारधरी छथर गापा वडा ३ जोरपाटि रु ३५००
(७) श्री खड्ग सन्यक धनुकटा मुडेबास २ र मलेसिया टिम( हाल मलेसिया रु १४,०००
(८) श्री बम बिरहि कुलुङ राई मिकलाजुङ ३ पाँचथर (हाल साउदि रु ५०००
( ९) श्री आशा लिम्बु सुनसरि धरान १५ हाल युके रु ४०००
(१०) श्री रिना चेम्जोङ बेलबारी नपा ८ मोरङ १,५००
(११ ) श्री डिना चोङवाङ कास्कि पोखरा नयाँबजार (हाल पोल्याण्ड रु २५००
(१२ ) श्री देउकुमार लावति यासोक कुम्वायक गाँउपालिका (हाल मलेसिया रु ३,०१८
(१३ ) श्री हाङसाङ केरुङ कमल गापा ४ केर्खा झापा रु ३०००
(१४ ) श्री पदम कन्दङवा फुङसेङ नपा २ चुहान डाँडा हाल कुवेत रु ३०००
(१५ ) श्री मौसम योङहाङ मिक्लाजुङ गापा ५ पाँचतर हाल साउदि रु ५,५८९
(१६ श्री श्याम कुमार ईजम फुङलिङ बजार ताप्लेजुङ हाल साउदि रु ५५८९
(१७ ) श्री दुर्गा कुरुङवाङ बेलबारी नपा २ आदर्श नगर मोरङ ३०००
(१८ ) श्री अमर फियाक मिक्लाजुङ गापा ३ आरुबोटे पाँचथर (हाल कतार रु ५०००
(१९ ) श्री देवि लावति येक्तेन माई न पा ईलाम (हाल साईप्रस रु ५,२६०
(२०) देविको पहलमा
(१) श्री दिवानि राई (२) श्री अञ्जलीइ राई (३) श्री सुस्मा पुन (४) लिला अधिकारी (५) नमु परिवार साईप्रस टिमबाट रु ५,२६०
२१) श्री लाओत साँवा मिक्लाजुङ गापा मोरङ ३०००
२२) श्री जुना मगर धरान नपा १७ सुनसरी ३०००
(२३)श्री शान्ता कुरुङवाङ भुड्बास २ धनकुटा हाल कुवेत रु ३०००
(२४) श्री देव केरुङ फालेलुङ ३ माच्छेबुङ पाँचथर रु १, ५००
जम्मा रकम १,०६,०९५