खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



नाम्चेका होटल अनिश्चितकालसम्मका लागि बन्द


 संवाददाता   March 20, 2020   328 जनाले पढ़िसके




राजकुमारी तामाङ
सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ ।
विश्वव्यापी रूप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सतर्क रहँदै नाम्चेमा रहेका होटल तथा लज बन्द गरिएको हो ।
लज एण्ड होटल एशोसिएसन, नाम्चेले एक विज्ञप्ति जारी गर्दै यो निर्णय आजैदेखि कार्यान्वयनमा आएको जनाएको छ ।
एशोसिएसनका अनुसार, सरकारले अर्को निर्णय लिएपछि भने बन्द होटल पूर्ववत् सञ्चालनमा ल्याइने छ ।
‘कोरोनाप्रति सतर्कता अपनाउन यही मार्च २० देखि नेपाल सरकारले घोषणा गरेअनुरूप अर्को सूचना प्रकाशित नभएसम्म नाम्चेमा रहेका सम्पूर्ण होटल तथा जल बन्द गर्ने जानकारी गराइन्छ,’ अध्यक्ष मिङ्मा शेर्पाद्वारा जारी सूचनामा भनिएको छ ।
साभार अनलाईनखबर