खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



लिम्बु बिद्यार्थी मन्चको २२ औ स्थापना दिवशको अवसरमा पथरी बहुमुखीमा अटिजम सम्बन्धी अन्तरकृया सम्पन्न !


 संवाददाता   March 20, 2020   499 जनाले पढ़िसके




 

सुमन कुरुम्बाङ
पथरी शनिश्चरे । लिम्बु बिद्यार्थी मन्चको २२ औ स्थापना दिवशको अवसरमा पथरी बहुमुखिमा अटिजम सम्बन्धी अन्तरकृया कार्यक्रम क्याम्पसको बिद्यार्थीहरुको सहभागीतामा लिम्बु बिद्यार्थी मन्च शाखा कार्य समिती पथरी बहुमुखी क्याम्पसको ब्यवस्थापनमा लिम्बु बिद्यार्थी मन्च , जिल्ला कार्य समिती , मोरङको आयोजनामा सम्पन्न भएको छ ।
मातृभाषा ब्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वयत लिम्बुवान भन्ने नाराको साथ लिम्बु बिद्यार्थी मन्च मोरङले स्थापना दिवस मनाएको छ । अटिजम केयर नेपाल , झापा शाखाबाट कुमार चुडालको सहजिकरणमा अटिजम सम्बन्धी सचेतना कक्ष सँगै सहभागीहरु बीच अन्तरकृया कार्यक्रमलाई जोडीएको कार्यक्रम अत्यन्त प्रभाबकारी रहेको कार्यक्रम सन्चालिका तुलशा नेम्बाङले जानकारी दिनुभएको छ

लिम्बु बिधार्थी मन्च जिल्ला शाखा समिति मोरङका उपाध्यक्ष प्रकाश थेबेको अध्यक्षतामा सुचारु भएको कार्यक्रममा प्रमुख अतिथी लिम्बु बिद्यार्थी मन्च केन्द्रिय कार्य समिती महासचिब गुल्सन आङबुहाङ साथै अन्य अतिथिहरुमा लिम्बु बिधार्थी मन्चको केन्द्रिय सचीब सेमी तुम्बाफो , निबर्तमान जिल्ला अध्यक्ष ईन्द्र चोङबाङ , किरात राइ बिद्यार्थी मन्च मोरङको अध्यक्ष केशर थुलुङ र स्वतन्त्र बिद्यार्थी युनियन सभापति गोपाल साम्बाको उपस्तिथी रहेको थियो ।
कोरोनाको बिशम परिस्तिथिलाई मध्यनजर गर्दै सिमित सहभागीतामा सचेत भएर कार्यक्रमको ब्यवस्थापन गरिएको थियो ।