खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सन्दकपुर २ मा २ शिक्षकहरु सम्मानित


 संवाददाता   March 19, 2020   778 जनाले पढ़िसके




बिबिसि हाङखिम राई
ईलाम ५ चैत्र
विद्यालयको सर्वाङगीण विकासका लागी सहयोग पुर्याएको भन्दै इलामको सन्दकपुर गाउपालिकाले वडा नम्बर २ माइमझुवा का २ जना शिक्षकहरुलाइ आज सम्मान गरेकोे छ ।

लामो समय सम्म शिक्षा क्षेक्रमा सक्रिय रहि महत्वपुर्ण भुमिका खेलेको भन्दै गाँउपलिकालेृ सम्मान गरेको हो । सम्मानित हुनुहुनेहरुमा सन्दकपुर २ माइमझुवामा रहेको श्री सरस्वती आधारभूत बिधालयमा कार्यररत शिक्षक मुकेश कुमार राई र सोही वडाकै श्री श्याम्बल माध्यमिक बिधालयका निबर्तमान हाल कार्यरत प्रधानाध्यापक लेखराज राइ सम्मान गरेको हो ।

सम्मानित शिक्षकहरुलाइ प्रोत्साहन स्वरुप जनही रु १०,१० हजार रुपैँया नगद र प्रशम्सा पत्र प्रदान गरि गाउपालिकाका अध्यक्ष उदय बहादुर राइले सम्मान गर्नुभएको थियो। कार्यक्रम सन्दकपुर गाउपालिकाको वडा नम्बर २ को वडाकार्यलयमा सम्पन्न भएको थियो।गाउपालिका प्रबक्ता गिरिराज खनालको सभापतित्वमा र गाउपालिकाका अध्यक्ष उदय बहादुर राइको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा २ नम्बर वडाका वडा परिषद सदस्य अमृत राइले स्वागत तथा बिधालयको बारेमा शिक्षा शाखा अधिकृत ध्रुब सेजवालले आफ्नो धारणा राख्नुभएको थियो । गाउपालिकाका स्रोत ब्यक्ती टिकानाथ निरौलाले सन्चालन गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका विषिष्ट व्यक्ति तथा स्थानीयको उल्लेखनीय उपस्थिती रहेको थियो ।