खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फेरी मास्क कालोबजारी गर्ने दुई जना झापा गाउपालिका को समातिए !


 संवाददाता   March 19, 2020   417 जनाले पढ़िसके




झापा, ०६ चैत । कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको समयमा काठमाडौंमा मात्र नभई मुलुकको विभिन्न ठाउँमा मास्क कालोबजारी भइरहेको पाइएको छ ।बजारमा ५ रुपैयाँसम्ममा पाइने सर्जिकल मास्कलाई १७ रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि झापास्थित हाम्रा टिभी जर्नलिष्ट राजु पौडेलले स्टिङ अपरेशन गरेका छन् ।प्रहरीसँगको समन्वयमा आफै मास्क खरिदकर्ता बनेर डिल गर्दा उनीहरुले १० हजार पिस मास्क लिए १७ रुपैयाँसम्ममा दिन सक्ने बताए ।उनीहरुले मास्क राखिएको गोदाम र ठाँउ भने बताउन मानेनन् । तर, उनीहरु मास्कको १ हजार स्याम्पल लिएर बिर्तामोडमा आए । सोही क्रममा प्रहरीले झापा गाँउपालिका–४ का श्रवण माझी र अजिम अन्सारीलाई नियन्त्रणमा लिएको हो ।फोनमा जति भएपनि मास्क उपलब्ध गराउन सक्ने बताउने उनीहरुले आफूहरु भरिया मात्रै भएको र गोदाम थाहा नभएको भन्दै भाग्न खोजेका थिए । उनीहरुको सम्पर्क भारतीय व्यापारीहरुसँग समेत देखिएको प्रहरीको भनाइ छ ।शिधाकुरा,