खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भोजपुरको पर्यटन कार्यलयलाई क्वारेन्टाईन बनाईने


 संवाददाता   March 19, 2020   251 जनाले पढ़िसके




भोजपुर नगरपालिका–१२ टक्सारस्थित तत्कालिन समयमा बनेको पर्यटन सूचना केन्द्रको कार्यालयलाई क्वारेन्टाईन बनाईने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि सरकारी तथा गैरसरकारी सरोकारवाला निकायको समन्वयमा

पर्यटन कार्यलयलाई क्वारेन्टाईन बनाईने भएको हो ।
दैविक प्रकोप उद्वार समितिले वर्षौदेखि खाली रहेको उक्त पर्यटन अफिसमा तत्काललाई १० जनासम्म विरामीलाई राख्ने व्यवस्था मिलाउन तयारीमा

जुटेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।
संक्रमणकालिन अवस्थामा कोहि विरामी भए वा संक्रमित भए तत्काल राख्नको लागि खाली रहेको पर्यटन अफिसलाई क्वारेन्टाईन बनाईने निर्णय गरेको जानकारी दिँदै जिल्ला अधिकारी पुरीले सूचना केन्द्र नजिकै रहेको भोजपुर विमानस्थलमा हेल्थ डेस्क राखिने बताए ।