खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अमेरिकामा एकैदिनमा कोरो’ना बाट १९ को मृत्यु, ९८७ संक्रमित !


 संवाददाता   March 17, 2020   671 जनाले पढ़िसके




एजेन्सी , अमेरिकामा को’रोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृ’त्यु भएको छ । अमेरिकामा अब मृ’तकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ ।अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सा’मान्य रहेको छ । १२ जनाको अवस्था भने ग’म्भिर रहेको जनाइएको छ ।अमेरिकाका ४९ राज्य, वासिंटन डिसी, युएस भर्जिन आइल्याण्ड, पोर्तोरिकोमा को’रोना संक्रमण पुष्टी भइसकेको छ । वेष्ट भर्जिनियामा अहिलेसम्म कसैमा संक्रमित भएको पुष्टी भएको छैन ।न्युयोर्कमा ९५० संक्रमितमध्ये ५ जनाको मृ’त्यु भएको छ । न्युजर्सीमा १७८ संक्रमितमध्ये २ जनाको मृ’त्यु भएको छ । वासिंटन राज्यमा मृ’तकको संख्या ४० पुगेको छ ।को’रोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जु’ध्न रि’पब्लिकन सिनेटर मिट रो’म्नीले हरेक अमेरिकी बयस्कलाई एकहजार डलर दिने प्र’स्ताव गरेका छन् । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार गरेको छ ।अमेरिकी संसदले सन् २००१ र सन् २००८ को आर्थिक मन्दीका बेलामा पनि यस्तै व्यवस्था गरेको रोम्नीले जनाएका छन् । त्यसका अतिरिक्त रोम्नीले प्रभावित साना विजनेशहरुलाई सहयोग उपलब्ध गराउने पनि प्रस्ताव तयार पारेका छन् ।पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुसका आर्थिक सल्लाहकार ग्रेक म्यानक्वुले रोम्नीको रुपरेखाको स्वागत गरेका छन् । उनले आफू भएको भए हरेक अमेरिकनलाई तुरुन्तै एकएकहजार अमेरिकी डलर सहयोग गरिसक्ने बताएका छन् ।यसरी हरेक अमेरिकनलाई एकएकहजार डलर दिंदा कुल रकम ३५० बिलियन हुने पूर्व राष्ट्रपति बराक ओबामाका सल्लाहकार ज्यासन फुर्मानले बताएका छन् ।अमेरिकामा को’रोना संक्रमितको संख्या ४६६३ पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ । आजै ९८३ मा संक्रमण देखिएको हो भने १८ जनाको मृ’त्यु भएको हो ।मेरिल्याण्डमा आज बेलुका ५ बजेदेखि रेष्टुरेण्ट ब’न्द गरिएको छ । मेरिल्याण्ड ग’भर्नर ल्यारी होगनले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार, ठूला जमघट ब’न्दको घो’षणा गरेका हुन् । तर रेष्टुरेण्टहरुले डेलिभरी, टेकआउट र ड्राइभ थु्र अफर गर्नसक्ने जनाइएको छ ।मेरिल्याण्ड राज्यमा पनि ५० भन्दा धेरै व्यक्ति एकठाउमा जमघट हुन प्र’तिबन्ध लगाइएको छ । मनोरञ्जन र धार्मिक प्रयोजनका लागि समेत यस्तो ज’मघटमा प्र’तिबन्ध लगाइएको छ ।यो कार्यकारी आदेश अनिवार्य कार्यान्वयन गर्नुपर्ने गभर्नरले बताएका छन् ।