खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरी जेसीज द्वारा को’रोना भाई’रस रोकथामको लागी जनचेतनामुलक कार्यक्रम समपन्न !


 संवाददाता   March 16, 2020   1060 जनाले पढ़िसके





कोरोना रोकथामको लागि पथरी जेसिजको जनचेतनामुलक कार्यक्रम
एलिना दियाली
विश्वव्यापी रुपमा फैलि रहेको कोरोना भाईरस (कोभिड—१९)बारे पथरी जेसिजले सोमबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।सचेतना कार्यक्रम अन्तरगत मोरङ्कको पथरीशनिश्चरे नगरको वडा नम्बर ४ को वडा कार्यलय साथै सोहि वडाको कुशल चौक, वडा नम्बर ८ को बुद्ध मावि,वडा नम्बर ९ को वडा कार्यलय,वडा नम्बर ७ को वडा कार्यलयमा जनचेतनामुलक व्यानर झुन्डाईएको छ ।त्यस्तै गरि हसन्दह स्वास्थ्य चौकि,त्यस्तै गरि वडा नम्बर ५ र ६को वडा कार्यलय पथरीशनिश्चरे नगरपालिका १ को पथरी हस्पिटल,लगायतका बढि जनघनत्व हुने सार्वजनिक स्थलमा कोरो’नाको लक्षण र यसबाट बच्ने उपाय बारे उल्लेख गरिएका जनचेतना मुलक व्यानर झुन्डाईएको हो ।जनचेतना मुलक व्यानर झुन्ड्याउने कार्यक्रममा बोल्दै पथरी जेसिजका अध्यक्ष सन्तोष ढुङ्गेलले कोरोना भाईरसको बारेमा अनावश्यक अफवाह फैलाउनतर्फ नलाग्न आग्रह गर्दै सर्तकता अपनाउन सर्वसाधरणलाई अपिल गर्नुभयो ।