खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



काठमाडौं बाट ६ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गर्‍यो !


 संवाददाता   March 16, 2020   529 जनाले पढ़िसके




अवैधरूपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क काठमाडौंको सतुङलबाट प्रहरीले फेला पारेको छ । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको हो । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।सतुंगलमा फेला पारेको मास्क प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरीको उपस्थितिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन । बजारमा भने मास्क को अभाब देखिएको छ ।पछिल्लो समयमा बजारमा मास्कको ब्यापक कालोबजारी भइरहेको छ ।यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ । सिधाकुरा बाट