खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



विश्व स्वास्थ्य संगठन भन्छ, कोरोनाको संक्रमण पैसाबाट सर्ने धेरै खत’रा छ !


 संवाददाता   March 15, 2020   309 जनाले पढ़िसके




काठमाण्डौ –
कोरोना भाइरसको सङ्क्रमण पैसाबाट समेत सर्ने खतरा भएकोले सजगता अपनाउन बिश्व स्वास्थ्य संगठन डब्लुएचओले आग्रह गरेको छ । यसअघि देखिएका विभिन्न सङ्क्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले ख्याल गर्न संगठनले आग्रह गरेको छ । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा गएको फागुनमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना धेरै भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।डाक्टरहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई हप्तासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।