खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कमेडी च्याम्पियनको उपाधि, धादिङका हिमेश पन्तले जिते !


 संवाददाता   March 14, 2020   666 जनाले पढ़िसके





काठमाडौं ।
कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको ग्रेन्ड फिनाले कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए। धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले आँफै बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए। शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए। विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्। विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । विजेता पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरेका थियो !