खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सुचिन्दाको “एकचोटि आईदेउन”मा सृष्टि र सन्जिबको जिबन्त अभिनय ! भिडियो सहीत]


 संवाददाता   March 14, 2020   1337 जनाले पढ़िसके





सुचिन्दाको “एकचोटि आईदेउन”मा  सृष्टि र सन्जिबको जिबन्त अभिनय,
एलिना दियाली
चर्चित मोडेल सृष्टि खड्का र नायक सन्जिब थेबेलाई फिचर्ड गरिएको “एकचोटि आईदेउन ” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ! गायिका सुचिन्दा श्रेष्ठको सुमधुर आवाजमा रहेको गित को भिडियो शुक्रबार सार्बजनिक गरिएको हो।ओएस अवार्ड बिजेता गायक तथा बरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठकि छोरी हुन सुचिन्दा,बाबू बाट प्रभाबित गायिका सुचिन्दाले आफ्नो पहिलो गितमा नै दम्दार प्रस्तुति दिएकी छ्न।”लालु मै ” गितको भिडियो बाट चर्चामा रहेकी मोडेल सृष्टि र चलचित्र शान्ति साथै केही समय अघि मात्रै सार्वजनिक भएको “पिरती नाप्ने के ले हो?”गितमा कुशलतापुर्वक अभिनय गरेका नायक सन्जिब को उत्कृष्ट अभिनयले दर्शको ध्यान खिच्छ।१४ बर्ष मै नेपालको प्रतिनिधित्व गर्दै विभिन्न युरोपियन मुलुकमा नेपाल को नाम चम्काउन सफल संगीतकार अमन प्रधानको संगीत रहेको गितमा संगीतकार स्वयंको शब्द रहेको छ।बर्तमान अवस्था युवा पिढीको प्रेमलाई प्रस्तुत गरिएको गितको भिडियोलाई चर्चित निर्देशक निशान घिमिरेले निर्देशन गरेका छ्न।राम्रो प्रस्तुति दिएकोले स्रोताले मन पराउने दाबी गर्छिन गायिका श्रेष्ठ भने यस अघिको अनुभवका आधारमा उत्कृष्ट अभिनय गरेको ले दर्शक श्रोताले मन पराउने सृष्टि र सन्जिब दुबै बताउछन्