खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वडा नम्बर ७ को कार्यलय भवनको शिलान्यास !


 संवाददाता   March 13, 2020   750 जनाले पढ़िसके




वडा नम्बर ७ को कार्यलय भवनको शिलान्यास,
एलिना दियालि
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ को वडा कार्यलय भवनको शुक्रबार बिशेष कार्यक्रम गरी शिलान्यास गरिएको छ।सोही वडा को लाईन टाेलकि गङगामाया सुनुवारले दन्द्वकालमा मारिएका आफ्नो पति नारद राईको स्मृतिमा ५० लाख मूल्य बाराबरको साढे चार कठ्ठा जग्गा दान दिएपछि सो स्थानमा वडा कार्यलय भवन बन्ने भएको हो।नगरको वडा कार्यलय भवन निर्माण योजना अनुरुप बन्ने सो भवन को नगर प्रमुख दिलिप कुमार राई र वडा नम्बर ७ का वडा अध्यक्ष कपिलमणि ढकालको संयुक्तमा शिलान्यास गर्नु भएको हो ! ४७ लाख ५३ हजारमा पर्शुराम निर्माण सेवाले ठेक्का पाएको भवनको नगरको ६८ लाखको लागत अनूमानित रहेको छ।निर्माण कम्पनीले असार मसान्त सम्ममा भवन निर्माण गरिसक्नु पर्ने सम्झौता गरेको छ।